तत्काल उद्धार गरी राहत दिन प्रधानमन्त्रीको निर्देशन

सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुलाई बाढीपहिरोबाट प्रभावित नागरिकलाई तत्काल सुरक्षि स्थानमा स्थानान्तरण गरी राहत उपलब्ध गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिनुभएको छ ।

शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण आएको बाढीले तराईका विभिन्न जिल्लामा दुई दर्जन बढीको ज्यान गएको छ ।

प्रधानमन्त्री देउवाले शनिबार बिहानै बाढीपहिरोबाट प्रभावित जिल्लाका प्रजिअलाई सम्पर्क गरी विपतको चपेटामा परेका नागरिकको उद्धार, राहत, सुरक्षित स्थानमा स्थानान्तरण तथा घाइतेको उपचार व्यवस्था मिलाउने कार्य तत्काल थाल्न निर्देशन दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्रीले बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली दिँदै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

साथै सबै सुरक्ष निकायका प्रमुखहरुलाई पनि बाढी प्रभावित क्षेत्रमा खटिन निर्देशन दिनुभएको छ ।

शनिबारसाँझ प्रधानमन्त्री निवास बालुवाटारमा गृह मन्त्री, रक्षा मन्त्री, प्रधानसेनापति, नेपाल प्रहरी र शशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख लगायतका अधिकारीहरुलाई बोलाएर ढुवानमा परेका क्षेत्रमा तत्काल उद्दार कार्य तदारुकताका साथ अघि बढाउन आफै उपस्थित हुन निर्देशन दिएका हुन्।

‘बाढीले तराईमा ठूलो धनजनको क्षतिपुगेको छ’ प्रधानमन्त्रीले निर्देशन दिदै भने, ‘तपाईँहरु अब काठमाडौं बस्ने होईन, प्रभावित क्षेत्र पुग्नुहोस्, उद्दारमा एकीकृत भएर काम गर्नुहोस् ।’

प्रधानमन्त्रीले बाढीका कारण थप डुवानमा पर्न सक्ने क्षेत्रको पनि पहिचान गरेर उक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन पनि निर्देशन दिएका छन्।

 

Related posts

Leave a Comment