कञ्चनपुर घटनाको अनुसन्धानका लागी प्रहरीले कुकुर प्रयोग गर्ने

कञ्चनपुर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको सिद्धनाथ विज्ञान क्याम्पसमा शनिबार बिहान भएको डम्बर जाग्री हत्याकाण्डको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कुकुरको प्रयोग गर्ने जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश बहादुर चन्दले घटना बिभत्स तरिकाले घटेको उल्लेख गर्दै प्रारम्भिक चरणमा घटनाबारे सोधपुछ गर्न क्याम्पसको क्यान्टिनका कारिगरसहित ३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । तर उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

उक्त घटनाको थप अनुसन्धानका लागि नेपालगञ्ज स्थित नेपाल प्रहरीको क्षेत्रीय कुकुर शाखाबाट कुकुर मगाएको एसपि चन्दले बताउनु भयो । घटनाको विरोधमा विभिन्न राजनीतिक दलका पार्टी पङ्ती तथा विद्यार्थी संगठन एवं संघसंस्थाहरुले समेत खेद प्रकट गरेका छन् ।

Related posts

Leave a Comment