राप्रपा विभाजनबारे आयोगले भोलि टुंगो लगाउने

काठमाडौँ |  राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजनबारे निर्वाचन आयोगले भोलि आइतबार अन्तिम टुंगो लगाउने भएको छ ।

राप्रपाका असन्तुष्ट पक्ष पशुपतिशमशेर राणा समूहले ४० प्रतिशत पुगेको दाबी गर्दै दल दर्ताका लागि यही साउन २२ गते आयोगमा निवेदन दिएको थियो ।

उक्त निवेदनउपर सनाखतका लागि आयोगले भोलि छलफलमा बोलाएकाले दल विभाजनको टुंगो भोलि नै लाग्ने राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार राप्रपालाई १५६ जनाको कार्यसमिति रहेको सनाखत आयोगले गरेको छ । यी सदस्यमध्येबाट राणा समूहले ४० प्रतिशत पुगेको भनी राप्रपा (प्रजातान्त्रिक) दल बनाउन निवेदन दिएको छ ।

निर्वाचन आयोगको राजनीतिक दलसम्बन्धी ऐनको दफा (३३) को उपदफा (२) मा संसदीय दलको ४० प्रतिशत र केन्द्रीय समितिको ४० प्रतिशत सदस्यले हस्ताक्षर गरेर नयाँ दलको मान्यता दिने भन्ने व्यवस्था छ ।

राप्रपाको संस्थापनले राणाले ४० प्रतिशत पुर्याउन नसक्ने दाबी गर्दै आएको छ भने राणा समूहले दल दर्ता  भएरै छाड्ने बताएको छ ।

Related posts

Leave a Comment