सुनसरीमा बाढीका कारण ज्यान गुमाउनेको संख्या ९ पुग्यो

टिभी अन्नपूर्ण, सुनसरी ।

सुनसरीमा बाढीका कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।

आज बिहान सुनसरी खोलामा आएको बाढीले बस्ती डुबाउँदा एक जनाको ज्यान गएपछि मर्नेको संख्या ९ पुगेको हो ।

सुनसरी खोलाएको बाढी बस्तीमा पस्दा भोक्राहाका बद्री मण्डलकी श्रीमतीको ज्यान गएको प्रहरीले जनाएको छ । सुनसरी खोलामा आएको बाढीले तटबन्ध भत्काउँदै बस्तिमा पसेको छ । भोक्राहाका एक हजार जनालाई उद्धार गरी सुरक्षित ठाउँमा सारिएको सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझीले जनाकारी दिए ।

यस्तै टेङग्राखोलाले कर्भट भत्काउँदा धरान इटहरी सडकखण्ड अबरुद्ध भएको छ । सुनसरीमा यसअघि बाढीमा परी ८ जनाको ज्यान गएको थियो ।

Related posts

Leave a Comment