बाढीमा गाडी डुब्दा प्रसुतिका लागि अस्पत्ताल लगिदैं गरेकी गर्भवतीसहित ६ को मृत्यु

टिभी अन्नपूर्ण, रौतहट ।

बाढीमा गाडी डुब्दा एक गर्भवती महिलासहित ६ जनाको ज्यान गएको छ ।

लगातारको वर्षापछि जलमग्न बनेको रौतहटमा गाडी डुबेर गर्भवतीसहित ६ जनाको ज्यान गएको हो । प्रसुतिका लागि लौकाहाबाट राजपुर अस्पतालमा जाँँदै गरेको जीप बाढीले बगाँउदा उक्त घटना घटेको हो । बाढीले बाटो कटान गरेको जानकारी नहुँदा जीप डुबेको प्रहरीले जनाएको छ ।

राजपुर अस्पताल भन्दा सय मिटर पर बिहान ३ बजेतिर भारतीय नम्बरको जीप डुब्दा गर्भवती महिलासहित ६ जनाको ज्यान गएको रौतहट प्रहरी प्रमुख उपरिक्षक यज्ञ विनोद पोखरेलले बताए ।

ज्यान गुमाउनेमा चन्दन किशोर यादव, सरोजकुमार यादव, चन्दनकी श्रीमती, आमा, र छोरी रहेका छन् । जीपका चालक र अर्का एक व्यक्तिले भने ज्यान बचाउन सफल भएको एसपी पोखरेलले जानकारी दिए ।

Related posts

Leave a Comment