पाकिस्तानमा बम बिस्फोट हुँदा १७ जनाको मृत्यु, ३२ घाइते

टिभी अन्नपूर्ण, काठमाडौं ।

पाकिस्तानमा बम विस्फोट हुँदा १७ जनाको ज्यान गएको छ ।

क्वेटा शहरमा पिशिन बस स्टप नजिकै बम बिस्फोट भएको हो । विस्फोटमा परी ३२ जना घाइते भएका छन् । पाकिस्तानी मिडियाका अनुसार बम बिस्फोटको निशाना पाकिस्तानी आर्मी जवान थिए । बलूचिस्तानका गृहमन्त्री मीर सरफराज बुगतीका अनुसार बम बस स्टप नजिकै राखिएको एक् गाडीमा राखिएको थियो ।

बुगतीले अनुसन्धान जारी भएको बताएका छन् तर निकै ठूलो बम बिस्फोट भएको पुष्टि गरेका थिए र करिब दुई दर्जन मानिस घाइते भएका छन् जसलाई समीपवर्ती अस्पतालमा भर्ना गरिएको छ ।

Related posts

Leave a Comment