ठाउँ-ठाउँमा ट्रान्समिसन लाइन ढलेपछि पूर्वी तराई पूरै अन्धकारमय

टिभी अन्नपूर्ण, काठमाडौं ।

अविरल वर्षाका कारण पूर्वी तराईमा विद्युत आप्र्ति बन्द भएको छ ।

तीन दिनदेखिको अविरल वर्षाका कारण पूर्वी तराईका विभिन्न स्थानमा पोलहरु ढलेका छन् ।

सबस्टेशन पानीले डुबाउनुका साथै केही स्थानमा ट्रान्समिसन लाइन ढलेपछि पूर्वी तराई अन्धकारमय बनेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । सिरहाको लहानदेखि पुर्वका सबै जिल्लाहरुमा बिद्युत आपुर्ति हुन नसकेको प्रणाली सञ्चालन विभागका प्रमुख बिष्णुकुमार श्रेष्ठले जानकारी दिए ।

‘शुक्रबार मध्यरातदेखिको अविरल वर्षाका कारण तराईका थुप्रै जिल्ला डुबानमा परेका छन्, यस्ता जिल्लामा विद्युत वितरण गर्नका लागि बनेका सबस्टेशन पनि डुबेका कारण पूर्वि तराई पुरै अन्धकारमय भएको छ ।’

पानीको लेभल घटिहालेपनि तत्काल विद्युत आपुर्ति हुनसक्ने अबस्था नरहेको श्रेष्ठको भनाई छ । यस्ता डुबेका स्बस्टेशनहरु चेकजाँच पछि मात्रै विद्युत सुचारु ग्रिने श्रेष्ठले बताए । सबस्टेशनहरु डुवानरहित बनेको २ दिनपछि मात्रै त्यस्ता स्थानमा बिद्युत आपूर्ति गर्न मिल्ने विद्युत प्राधिकरणले जनाएको छ ।

Related posts

Leave a Comment