सप्तकोशीमा भारतको दादागिरीः ढोका नेपालसँग चाँबी भारतसँग, फेरी किन खोल्ला ?

टिभी अन्नपूर्ण, काठमाडौं ।

नेपाललाई आफ्नो असल छिमेकी सम्झने भारत नेपालमा कुनै विपद् पर्दा झनै दुःख दिदैं आएको छ ।

एकातिर असल छिमेकी भन्ने अर्कोतिर समस्या पर्दा नै मौका ठानेर दुःख दिने कुरा पहिलेदेखि नै गर्दै आएको हो ।

नाकाबन्दीका बेला होस्, या महाभूकम्पका बेला किन नहोस्, उसले दुःख नदिएको कुनै क्षण छैन् । साना तिना, झिना मसिना, समस्या त सीमानामा बस्ने नेपालीले रातदिन भोग्दै र देख्दै आएका छन् । तर विश्वजगतले समेत थाहा पाउनेगरी दुःख दिने भनेको उसले आफ्नो स्वार्थपूर्ति गर्नुपर्ने बेला हो ।

हो भारतले अहिले त्यस्तै बेलाको अवसर पाएको छ । नेपाल पूरै बाढी, पहिरो, डुवान जस्ता प्राकृतिक प्रकोपले ग्रसित छ । यो बेला पूर्वी तराई तथा पश्चिम तराई समस्याग्रस्त छ । पश्चिमीभन्दा पूर्वी तराई बढी समस्यामा छ । पूर्वी तराईलाई बढी समस्यामा पारेका चाँही सप्तकोशीले हो । सप्तकोशी बाँधमा रहेका ५२ ढोका मध्ये भारतले अहिलेसम्म ३३ ढोका मात्र खोलेको छ । जसले गर्दा नेपालतिरको भूभाग जलमग्न छ ।

नेपाल सरकारले पटक पटक आग्रह गर्दा पनि उसले कानमा तेल हालेजस्तै गरी बसिरहेको छ । सीमा पारीका मानिस सीमा वारी नेपालमा भईरहेको बाढी, पहिरो, डुवानजस्ता समस्यालाई रमाउँदै हेरिरहेका छन् ।

तराईका जिल्ला बाढीको चपेटामा परेपछि परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सप्तकोशी बाधका ढोका खोल्न कुटनीतिक पहल थालेका थिए । तर, मन्त्री महराको पहललाई भारतले अझै सम्म पनि नसुनेजस्तो गरेको छ ।

सप्तकोषी नदीमा पानीको बहाव खतराको संकेतभन्दा माथि छ । मन्त्री महराले भारतीय राजदूतलाई काठमाडौंमा र दिल्लीस्थित दूतावासले भरतीय विदेश मन्त्रालयमा ढोका खोल्न आग्रह गरेका थिए ।

परराष्ट्र मामिलाका जानकार हिरण्यलाल श्रेष्ठ भारतले आग्रह नसन्नुको पछाडि केही कारण रहेको बताउँछन् । भारतले बाँधमा सुरक्षा उपस्थिति खोजेको छ र यस्तै विपतका बेला दवाव बनाएर आफ्नो योजना पुरा गर्न चाहेको उनको भनाई छ ।

भारतले कोशीमा अर्को उच्च बाँध बनाउन चाहेको र ढोका नखोलेर नेपाल सरकार र दलहरुमाथि दवाव बनाईरहेको श्रेष्ठको धारणा छ । विपतको बेला ढोका खुल्न आनकानी गरेर भारतले दवावको कुटनीति गरिरहेको उनको भनाई छ ।

Related posts

Leave a Comment