बाढी पीडितका लागि १ लाख सहयोग गर्ने दीपकराज गिरीको घोषणा

टिभी अन्नपूर्ण, काठमाडौं ।

चर्चित हाँस्य कलाकार दीपकराज गिरीले बाढी पीडितका लागि १ लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

शुक्रबारदेखिको वर्षापछि आएको बाढी पहिरोका कारण देशभर हजारौं नागरिक प्रभावित भएपछि दीपकले आर्थिक सहयोगको घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सहयोगको घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘यो पीडालाई आफ्नै पीडा सम्झौँ, व्यक्तिगत रुपमा रु १ लाख सहयोगको घोषणा गर्दछु ।’

 

Related posts

Leave a Comment