बाढी पीडितका लागि प्रियंका कार्कीले पनि गरिन्, ५१ हजार सहयोगको घोषणा

टिभी अन्नपूर्ण, काठमाडौं ।

बाढी पीडितहरुको राहत संकलत तथा उद्धारको लागी कलाकारहरु सक्रिय भएका छन् ।

चर्चित हास्य कलाकार दीपक राज गिरीले १ लाख रुपैयाँ आर्थिक सहयोग घोषणा गरेको केही समयपछि अभिनेत्री कार्कीले पनि बाढी पीडितका लागि ५१ हजार रुपैयाँ सहयोगको घोषणा गरेकी छन् । शुक्रबारदेखि वर्षापछि आएको बाढी पहिरोका कारण देशभर हजारौं नागरिक प्रभावित भएपछि अभिनेत्री कार्कीले ५१ हजार रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेकी हुन् ।

उनले पीडितका लागि राहत र उद्धार कार्यमा ढिलाई भएको भन्दै आक्रोश पोखेकी छन् । उनले फेसबुकमार्फत सबैलाई बाढी पीडितका लागि सहयोगार्थ जुट्न सबैलाई आग्रह गरेकी छन् । देशभरबाट राहत सामग्री संकलन हुने क्रम जारी छ । यसमा कलाकारहरुले पनि सहयोगको घोषणा गरिरहेका छन् ।

 

अन्य कलाकार पनि जुटेः
धुर्मुसले महोत्तरीमा चिकित्सकसहितको राहत टिम तयारी अवस्थामा रहेको बताउँदै तत्कालै काम सुरु गर्ने बताका छन् । ‘म महोत्तरी जाँदैछु,’ उनले भने, ‘बर्दिवास पुग्नेवित्तिकै राहत टिम पीडितसमक्ष पुग्छ ।’

फाउण्डेसनले व्यक्तिगतरसंस्थागत सहयोगका लागि औपचारिक अपिल गरिसकेको छ । बाढीपीडितको सहयोगका लागि प्रतिबद्धताहरु आउन सुरु भएको उनले बताए ।

काठमाडौंमा गाईजात्रा कार्यक्रममा व्यस्त कलाकार मनोज गजुरेलले पनि व्यक्तिगत सहयोग घोषणा गर्दै राहतको अपिल गरेका छन् । परिवारका लागि दसैं, तिज मनाउने खर्चसमेत गरेर २० हजार रुपैयाँ व्यक्तिगत सहयोगको घोषणा गरेका छन् । यस्तै अमेरिकामा रहेका गायक प्रेमराजा महतले २१ हजार रुपैयाँ सहयोग दिने घोषणा गरेका छन् ।

Related posts

Leave a Comment