छोराको रक्षा तथा लामो आयुका लागी कपिलबस्तुमा तिनछठ्ठी पर्व मनाईदैं

 

शम्भू माली, टिभी अन्नपूर्ण, कपिलवस्तु ।

कपिलवस्तुमा आज तिनछठ्ठी पर्ब हर्ष उल्लासका साथ मनाईदै छ ।

बिहानै देखी कुश र महुवाको रुखको पात लिनका लागी तिलौराकोटमा भीड भाड लागेको थियो । जिल्ला सदरमुकाम तौलिहवा स्थित मुल नहरको छेउमायहाँका महिलाहरुले सो ठाउँमा रहेको कुसको पातमा गाठो पारी पुजा अर्चना गरी छोराको दिर्घायु स्वास्थ लाभ गरी कामना गरेका छन् ।

हिन्दु धर्म अनुसार महिलाहरु नयाँ लुगा लगाई दिन भरी भोकै बसी छोराको जीवन रक्षा तथा लामो आयुका लागी परासको पात, महुवाको पात, महुवा, दही राखी पुजा गर्ने परम्परा रहेका छ भने कुस मा ५ वटा गाठ पारी पुजा अर्चना गरी एकै ठाउमा भेला भई गीत गाउने तथा कथा प्रवचन गर्ने चलन अनुसार तीनछठ्ठी पर्व मनाएका हुन् ।

प्रशोधित सामाग्री प्रयोग नभएका प्राकृतिक फलफुल र पकवानहरु दही, महुवा, साग र तिन्नीको चामलको भात लगायतका सामाग्री र फलफुलको प्रसाद को रुपमा ग्रहण गर्ने चलन रहेको छ ।

Related posts

Leave a Comment