‘विप्लव आउँ कोशीब्यारेजमा बम हान’ सामाजिक सञ्जालमा भाइरल

टिभी अन्नपूर्ण, काठमाडौं ।

शुक्रबारदेखिको लगातार अविरल वर्षाका कारण देश अहिले प्राकृतिक विपत्तिको सामना गरिरहेको छ ।

बाढी, पहिरो तथा डुबानका कारण अहिले सम्म ५० भन्दा बढीको ज्यान गईसकेको छ ।

त्यस्तै अर्बौ मुल्य बराबर धनजनको क्षती भएको छ । यो क्रम अझै जारी छ । विशेषगरी तराई क्षेत्रमा यो समस्याले बढी सताएको छ । यसमा सरकारले खासै ठोस निर्णय लिन सकिरहेको छैन् । तराई पुरै जलमग्न भईरहेको छ । ठाउँ ठाउँका खहरे खोलाले मानिसको ज्यान लिने क्रम जारी छ । तराइ डुवानमा छ, पहाड पहिरोमा छ । बाटोहरु बन्द छन्, आफ्नै नदीहरु थुनिएका छन्। देशमा धनजनको ठुलो क्षती भैरहेको छ।

सुनसरीमा रहेको कोशी व्यारेजको सम्पूर्ण ढोकाहरु नखोलिँदा पूर्वी तराईमा बढी क्षति भईरहेको छ । नेपाल सरकारले भारतलाई सबै ढोका खोल्न पटक पटक आग्रह गरेको छ । तर भारतले खोल्न मानेको छैन् ।

यो सबै विषयलाई हेर्दा यतिबेला सामाजिक सञ्जालमा एउटा विषयले निकै चर्चा पाईरहेको छ । यस्तो प्राकृतिक विपत्तिको समयमा पनि भारतले कुनै मानवियता नदेखाएको भन्दै सामाजिक सञ्जालमा नेकपा पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई गुहार गरिएको छ ।

थुनिएको नदीलाई निकास दिएर नागरिकहरुको रक्षागर्न कोशीब्यारेज लगाएका बाँधहरुमा बम हान्न ‘विप्लब’ लाई सामाजिक संजाल प्रयोगकर्ताहरुले आग्रह गरिरहेका छन् । जुन विषय अहिले निकै चर्चामा छ । दिपक खड्का नाम भएका एक फेसबुक कर्ताले आफ्नो फेसबुकमा लेखेका छन् “प्रिय कामरेड विप्लव कोशी ब्यारेजमा एउटा शक्तिशाली बम प्रहार गरि देउ ! जिन्दगी भरी तिम्रो गुन गान गएर बस्छु !”

कोशीब्यारेजका ढोकाहरु बन्द गरेर उक्त ढोकाको साँचो दिल्लीलाई बुझाएको भन्दै तिब्र बिरोध र आक्रोस पोख्दै बम हान्न सुजाएका हुन् । परराष्ट्रमन्त्री कृष्ण बहादुर महराले सप्तकोशी लगायतका बाँधका ढोकाहरु खोल्न आग्रह गर्दापनि भारतले नसुनेपछि नागरिकहरुको रक्षा गर्न बिकल्पको रुपमा बाँध भत्काउन विप्लवलार्इ गुहार मागेका हुन् । यस्तै स्यांजाली विष्णु लेख्छन्, ‘हेलो विप्लव काका कोशी व्यारेजमा २/४ वटा बम पड्काउन मिल्दैन् ?’

Related posts

Leave a Comment