भिमघाट लघुजलविधुतको पावर हाउस खोलाले बगायो, करोडौको क्षती

बिमल खड्का बागलुङ ।

बागलुङको बडिगाड गाउँपालिका वडा नं. ६मा रहेको भिमगिठेमा पहिरो जाँदा पहिरो जाँदा ४२ किलोवाट क्षमताको पहिलो भिमघाँट जलविद्युतको पावस हावस बगेको छ ।

बडिगाड गाउँपालिका वडा नं. ६ ठूलाचौरबाट बगेको पहिरोले भिङखोला थुनिँदा पावस हावस पहिरोले बगाएको स्थानीयले बताएका छन् ।

आईतबार दिउँसो १ बजेको समयमा ठुलाचौर खेतबाट गएको पहिरोले खोला थुनिदा पावरहाउस सगै खेति योग्य जमिन नष्ट गरेको छ ।

पावर हाउस बगाए पछि करिब ६ सय घर धुरि अन्धकारमा बस्ने भएका छन भने उद्योग कलकारखाना समते ठप्प भएका छन । पावर हाउस खोलाले बगाएपछि सबै संरचना नया बनाउन करिब १ करोड लागत लाग्ने बताएको छ। खोलाले सबै भन्दा महगा विधुत उत्पादन गर्न टरवाई मिटरबोड लगायत सबै खोलाले बगाएको बताईएको छ।

 

Related posts

Leave a Comment