राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक आयोगमा किन दर्ता भएन् ?

आईतबार राप्रपाबाट विभाजित भएको राप्रपा प्रजातान्त्रिक निर्वाचन आयोगमा दर्ता भएन् ।

निर्वाचन आयोगले दिएको समय भित्र राप्रपा प्रजातान्त्रिकले ४० प्रतिशत केन्द्रीय सदस्य उपस्थित गराउन नसकेपछि आज दर्ता नभएको हो । आयोगले ११ देखि ५ बजेसम्मको समय दिएको थियो ।

राणा पक्षले पार्टी फूटेको भन्दै निवेदन दिएपछि निर्वाचन आयोगले ४० प्रतिशत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको प्रमाणित गर्न आज बिहान ११ बजेदेखि ५ बजेसम्मको समय दिएको थियो। पशुपति शम्शेर राणा पक्षले देशभरी आइरहेको बाढीपहिरोका कारण आफ्ना पक्षका केन्द्रीय सदस्य आयोगमा उपस्थित हुन नसकेपछि थप दश दिन समय माग गरेको छ।

उनीहरूलाई थप समय दिने वा नदिने भन्ने विषयमा आयोगले निर्णय भने गरेको छैन। राजनीतिक दल सम्बन्धि ऐन अनुसार पार्टी विभाजन गर्न यसको चालिस प्रतिशत केन्द्रीय सदस्य हुनु जरूरी छ। निर्वाचन आयोगले राप्रपाको १५६ जनाको केन्द्रीय समितिलाई मान्यता दिएको छ। त्यसैले पार्टी विभाजन गर्न कम्तीमा ६३ केन्द्रीय सदस्य राणापक्षमा हुनु जरूरी छ।

Related posts

Leave a Comment