बाढीबाट ६० बढी लाख प्रभावित, महामारी फैलिन सक्ने चेतावनी

बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने चेतावनी जनस्वास्थ्य विशेषज्ञहरुले दिएका छन् ।

सरकारले तुरुन्त सम्भावित महामारीको सम्बोधन गर्न तयारी सुरु गर्नु पर्ने बताएका छ्न् । यो वर्ष बाढीमा बढी मात्रामा मधेसको सहरी र ग्रामीण जनजीवन प्रभावित रहेकोले प्रकोपको जोखिम समेत उच्च छ ।

पानी र खाद्यजन्य महामारी २४ घन्टामै फैलिन सक्ने सम्भावना रहने गरेको औल्याउँदै स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. विडी चटौतले सम्भावित महामारीको लागि तम्तयार रहनु पर्ने बताए।

हाल तत्काल बाढी प्रभावित क्षेत्रमा झाडा पखाला, हैजा, टाइफाइड, जण्डीस (हेपाटाइटिस) लगायत खाना र पानीजन्य रोग देखिने सम्भावना छ भने केही दिनपछि औलो, डेगी, चिकनगुनियालगायत किटजन्य रोग देखिने सम्भावना रहेको विज्ञहरू औंल्याउँछन् ।

यस्तै आँखा पाक्ने रोग (कजंक्टिवाइटिस), लेप्टोस्पोरोसिस र छालासम्बन्धी रोग देखिने समेत सम्भावना छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार बाढी प्रभावित जनतालाई तत्काल शुद्ध खानेपानीको सुनिश्चितता गर्नु पर्छ । यसले पानीजन्य रोगको प्रकोप फैलिनबाट जोगाउँछ । यस्तै हेपाटाइटिस ‘ए’ विरूद्धको खोप र औलो रोगबाट बचाउको उपाय बाढी प्रभावित क्षेत्रमा तत्काल अपनाउनु पर्छ ।

गृह मन्त्रालयको तथ्यांकअनुसार तराईका १८ जिल्ला बाढीको प्रकोप देखिएको देखिएको छ प्रारम्भिक अनुमान अनुसार ६० लाखभन्दा बढी जनसंख्या बाढीले प्रभावित भएको बताईएको छ ।

Related posts

Leave a Comment