सोमबार कसले र किन लाउँदैछ मन्त्री निवासमा ताला ?

काठमाडौं । भोली विहान सात बजे मन्त्री निवासमा ताला लगाईने भएको छ । कोशीब्यारेजका ढोका खोल्नको लागि दबाब स्वरुप भोलि विहान ७ बजे मन्त्रीनिवासमा ताला लगाईने भएको हो ।

मुलुकका कान्छा पत्रकारको नामले चिनिएका सुजन आचार्यको नेतृत्वमा नायक सोभित बस्नेत, खर्जुन भण्डारी लगायतका व्यक्तिको साथ रहने जानकारी दिएका छन् । राजधानीको गौरीघाट स्थायी घर भएका १६ बर्षिय सुजन आचार्यले भने,‘तराई जलमग्न छ, ठुलो जनधनको क्षेति भएको छ, कोशीब्यारेजले आधा मुलुक डुबेको छ, यता सरकार रमिता हरेर बसेको छ।’

उनले भने,‘सामाजिक सञ्जालमा स्टाटस राखेर संवेदना दिनुको कुनै अर्थ छैन्, हामीले काम गर्नुपर्छ, शरिरमा तातो रगत भएका व्यक्तिहरु भोली बिहान ७ बजे मन्त्रिनिवास हरिहरभवन ललितपुरमा आउनुस्, त्यहाँ आउने व्यक्तिले ज्यानको प्रवाह नगरि आउनु होला, हामी देशको लागि यो दवाफ दिदैछौँ।’

गएको माघ २७ गते शनिबारको दिन सरकारी गाढि चलाएको भन्दै सुजन आर्चाले प्रचण्ड सरकारका गृहमन्त्री विमललेन्द्र निधिको गाढि रोक्दा गौशाला प्रहरी चौकीमा थुनिएका थिए।

Related posts

Leave a Comment