राजपालाई छाता चिन्ह दिन सकिदैन: आयोग

काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपाललाई नयाँ चुनाव चिन्ह दिन नसकिने निर्वाचन आयोगले जनाएको छ ।

सत्तारुढ काँग्रेस, माओवादी केन्द्र तथा राष्ट्रिय जनता पार्टी, नेपालका नेतृत्वसँगको सामूहिक छलफलमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा नयाँ निर्वाचन चिन्ह कुनै पनि राजनीतिक दललाई उपलब्ध गराउन नमिल्ने प्रष्ट पार्नुभयो ।

आईतबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रिय जनता पार्टीका नेताहरुले छाता चुनाव चिन्ह उपलब्ध गराउन माग गरेका थिए । तर, निर्वाचन आयोगले भने राष्ट्रिय जनता पार्टीलाई पुरानै चुनाव चिन्ह मात्रै दिन सकिने बताएको हो ।

Related posts

Leave a Comment