बाढी, पहिरो पीडितका लागी करिब २ करोड निकासा

काठमाडौँ । बाढी, पहिरो र डुबानमा परेकालाई आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यले गृह मन्त्रालयले रु एक करोड ९७ लाख प्रभावित जिल्लामा निकासा गरेको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत सो रकम पीडितको अवस्था हेरी वितरण गरिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहने सो समितिले सम्बन्धित जिल्लामा भएको घटनाको विवरण संकलन गर्ने तथा क्षतिको तथ्याङ्क लिई सो रकमबाट राहत वितरण गर्ने छन् ।

प्रारम्भिक चरणका लागि पठाइएको सो रकम पीडित समूहमा भएको क्षति तथा प्रभावितको घरबारविहीन अवस्थालाई मूल्याँकन गरी पुनः आवश्यकताअनुसार सहयोग थप गर्न सकिने मन्त्रालयका आर्थिक प्रशासन प्रमुख शिवनाथ पौडेलले जानकारी दिनुभयो ।

Related posts

Leave a Comment