यस्तो छ पशुपतिमा तीजको रौनक (फोटो फिचरसहित)

टिभी अन्नपूर्ण, काठमाडौं ।

आज हिन्दु नारीहरुको महान चाड हरितालिका तीज ।

ब्रत बसेर भगवान शिवको आराधना गर्दै हरितालिका तीज मनाइरहेका छन्। सखीहरुद्वारा हरण गरिएकी पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवास ब्रतलाई हरितालिका तीज भनिएको हिन्दू धर्ममा उल्लेख छ।

हिन्दू नारीहरुको महान् धार्मिक पर्वका रुपमा लिइने हरितालिका ब्रतमा पतिको लामो आयुको कामना गरी निराहार बसेर रातभर आफ्नो अटल सौभाग्यको प्रतीकस्वरुप दीप, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्णपात्र गरेर ब्रत तोड्ने परम्परा छ।

परापूर्वकालदेखि आफ्नो सम्पूर्ण आस्था र विश्वासका साथ हिन्दू नारीहरु निराहार र निर्जल बसी यस दिन भगवान् शिवको पूजा अचर्नासहित हरितालिका तीजको ब्रत बस्ने गर्दछन्।

भाद्र शुक्ल द्वितीयाका दिन दर खाई तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुने गर्दछ। दिनभरि पानी पनि नखाई निर्जल वा निराहार बस्ने ब्रत भएकाले एक दिनअघि नाचगान रमाइलो गरी राति दरका रुपमा मीठामीठा परिकार खाने प्रचलन रहँदै आएको छ।

सौभाग्यका प्रतिक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिलाको काठमाडौंको पशुपति, दुम्जाको कुशेश्वर महादेव, खोटाङको हलेसी महादेव, गोकर्णको गोकर्णेश्वर महादेवलगायत देशका शिव मन्दिरहरुमा बिहानैदेखि घुँइचो लागेको छ ।

तीजका अबसरमा देशका बिभिन्न मन्दिर सहित पशुपतिमा पनि बिहानै देखि ब्रतालुको घुईचो लागेको छ। शिवको आराधनासहित महिलाहरुले तीज गीतको भाकामा आफ्ना बर्षभरिका पीडा पोख्दै पशुपति मन्दिरमा नाचगान गरिरहेका छन्।

 

Related posts

Leave a Comment