सोसल मिडियामा श्रीमतीको बिकिनी फोटो देखेर संजय दत्त आगो भए

टिभी अन्नपूर्ण, काठमाडौं ।

सोसल मिडियामा श्रीमतीको बिकिनी फोटो देखेपछि संजय दत्त रुष्ट बनेका छन् ।

फिल्म ‘भूमि’ बाट बलिउडमा कमब्याक गरिरहेका संजय श्रीमतीसँग रुष्ट बनेका हुन् । उनले यसका लागि श्रीमती मान्यतालाई चेतावनी पनि दिएका छन् । स्मरण रहोस्, केही दिन अघि मान्यताले आफ्नो इन्स्टाग्राममा बिकिनी लगाएका थुप्रै हट फोटो सेयर गरेकी थिईन् ।

वान सोल्डर रेड बिकिनी लगाएर सेयर गरिएको फोटो बी–टाउनमा टकिङ पोइन्ट बनेको छ । खबरलाई मान्ने हो भने यी सबैका कारण संजय तनावमा छन् । उनले मान्यतालाई अबदेखि त्यस्तो नगर्न पनि चेताएका छन् ।

एक साथीले संजयलाई सोसल मिडियामा मान्यताको बिकिनी तस्बिरका कारण विभिन्न कुराकानी भइरहेको बताउँदै मान्यताले यस्तो प्रकारको फोटो सेयर गर्न नहुने बताएपछि संजय दत्त तनावमा भएको बताइन्छ ।

मान्यताले फिल्म निर्मातालाई आकर्षित गर्नका लागि फोटो सेयर गरेकी हुन् ता कि उनले दोस्रो पटक बलिउडमा प्रवेश पाउन सकून् । जबकी संजय दत्त यो कुरामा कहिले पनि सहमत हुने छैनन् ।

 

तपाई टिभी अन्नपूर्ण  एण्ड्रोईड, आईओएस, मार्फत  मोबाईल सेटमा र  विण्डोज  मार्फत तपाईको स्मार्ट टेलिभिजनमा २४सै घण्टा हेर्न सक्नुहुनेछ । साथै  फेसबुक ट्वीटरमा पनि भेट्टाउन सक्नुहुन्छ । अर्काईभ कार्यक्रमका लागी टिभी अन्नपूर्णको युट्युव  सब्सक्राईब गर्नुहोस् । एकैसाथ समाचार पढ्न, सुन्ने र हेर्ने नेपालकै पहिलो अनलाईन टेलिभिजन टिभी अन्नपूर्ण     

Related posts

Leave a Comment