दीपिका पादुकोणलाई हिरोको भन्दा ३ करोड बढी पारिश्रमिक

टिभी अन्नपूर्ण, काठमाडौं ।

पहिलो पटक हिरोको पारिश्रमिकभन्दा बढी हिरोइनको बढी हुने भएको छ ।

बलिउड इतिहासमा पहिलो पटक हिरोको भन्दा हिरोइनले पारिश्रमिक बढी पाउने भएपछि भारतीय सिनेमामा नयाँ इतिहास बन्ने निश्चित भएको छ । परम्परा भत्काउँदै दीपिका पादुकोणले फिल्म पद्मावतीमा हिरोको भन्दा बढी पारिश्रमिक लिने भएकी हुन्।

सञ्जय लिला भन्सालीको ऐतिहासिक फिल्म पद्मावतीले दीपिकालाई दिने पारिश्रमिक भारतीय फिल्म इतिहासमा नै पहिलो घटना हुँदैछ। हरेकजसो बलिउड फिल्ममा हिरोको आम्दानी हिरोइनको भन्दा धेरै अन्तरमा बढी हुने गरेको छ।

दीपिकाले यस फिल्मबाट सबैभन्दा धेरै पारिश्रमिक पनि पाउँदैछिन्। फिल्मका लागि दीपिकाले १३ करोड रुपैयाँ पाउने छिन्, भने हिरोहरु रणवीर सिंह र शाहिद कपुरले जनही १० करोड रुपैयाँ पाउने छन् ।

 

तपाई टिभी अन्नपूर्ण  एण्ड्रोईड, आईओएस, मार्फत  मोबाईल सेटमा र  विण्डोज  मार्फत तपाईको स्मार्ट टेलिभिजनमा २४ सै घण्टा हेर्न सक्नुहुनेछ । साथै  फेसबुक ट्वीटरमा पनि भेट्टाउन सक्नुहुन्छ । अर्काईभ कार्यक्रमका लागी टिभी अन्नपूर्णको युट्युव  सब्सक्राईब गर्नुहोस् । एकैसाथ समाचार पढ्न, सुन्ने र हेर्ने नेपालकै पहिलो अनलाईन टेलिभिजन टिभी अन्नपूर्ण

Related posts

Leave a Comment