कटारी नगरपालिकाको बजेट ६९ करोड १० लाख ५०

अभी लामिछाने/उदयपुर ।

हाम्रो प्रतिबद्धता, हाम्रो अभियान, समृद्ध कटारी नगर, हाम्रो पहिचान भन्ने मूल नाराका साथ सुरुको भएको कटारी नगरपालिकाको प्रथम नगर सम्मलेन सम्पन्न भएको छ ।

सांसद भेष कुमारी राउत को प्रमुख आतिथ्यतामा सम्पन्न नगर सम्मेलनले आर्थिक वर्ष ०७४ ७५ का लागि रु.६९ करोड १० लाख ५० हजार ९ सय २५ रुपैंया ६ पैसाको बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाको हलमा आयोजित प्रथम नगर सभामा स्वागत मन्तब्य कटारी नगरपालिका उपमेयर भीमकुमारि राउतले गर्नु भएको थियो भने नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठले सम्पन्न नगरसभाले पारित बजेट , नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।

राजनितिक परिवर्तनका निम्ति गरेको आंदोलनले आज सिंहदरवारको अधिकार गाउँ गाँउमा आएकोले यो अधिकार जनताले अनुभूति गर्न छिट्टै पाऊन प्रमुख अतिथि राउतले भन्नु भयो।कटारी बिकाशको संभाब्यता बोकेको नगर भयकाले यहाँको बिकाशमा आफुले केंद्र बाट यस नगरको लागि सक्दो सहयोग गर्ने पनि बताउनु भयो।

त्यसै गरी आयोजित नगरसभालाई सम्बोधन गर्दै श्रेष्ठले नगर क्षेत्रका भित्रका संस्थागत भवन बनाउँदा अपाङ्ग , तथा बालमैत्री बनाउने , कटारी बजारमा सिसी क्यामेरा जडान गर्ने , कटारी–बेतेनी केबुलकारको सम्भाव्यता अध्ययन यसै वर्ष गरिने नीति सार्वजनिक गरे ।

त्यसैगरी सामाजिक विकास , कृषि वन तथा वातावरण ,जलश्रोत विकासमा समेत सभाले नीति बनाएको सार्वजनिक गरे।

कटारी नगरका जननिर्वाचितहरुको बैठकले पारित गरेको नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा कटारीका सरकारी कार्यलयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, संचारकर्मि ,आम सर्बसाधरणको बाक्लो उपस्थितमा रहेको थियो।

Related posts

Leave a Comment