विवस गैरेको दशैं गित नरोउ धर्केर बजारमा (भिडियो सहित)

बागलुङ गल्कोट स्थायी घर भई अहिले जापानमा बसोबास गरिरहेका कलाकार विवस गैरेले दशैको नयाँ गित बजारमा ल्याएका छन् ।

उनले दशैं गितको आफ्नै शब्द, लय, स्वर र अभिनयका साथ गित बजारमा ल्याएका हुन् ।

रोजगारीको सिलसिलामा जापानमा रहेका गैरेले नरोउ धर्केर बोलको गितका साथै अन्य एक दर्जन गित समेत रेकर्ड गरेर बजारमा ल्याउने तयारी गरिरहेको बताएका छन् ।

उक्त गितमा उनलाई गायिका पूर्णकला बिसीले साथ दिएकि छन् भने गितको बजार ब्यबस्थापन जनता डिजिटलले गरेको छ ।

नेपाली युवाहरुले रोजगारीका लागि विदेशी भूमिका जानुपर्ने बाध्यताका साथै छोरा, श्रीमति र परिवारलाई छाडेर विदेशीनु पर्ने बाध्यतालाई गितमा मार्मिक ढंगले उतारेका छन् ।

Related posts

Leave a Comment