उत्तरप्रदेशमा कार दुर्घटना, ७ नेपालीको मृत्यु

काठमाडौं ।

भारतको उत्तरप्रदेशमा कार र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा सात नेपालीको मृत्यु भएको छ ।

दिउँसो २ बजेतिर भएको सो दुर्घटनामा परि मृत्यु हुने तीन जनाको सनाखत भएको जनाइएको छ ।

ईलाका प्रहरी कार्यालय बेहलियाका अनुसार शुक्रबार गोरखपुरबाट सुनौलीतर्फ आउँदै गरेको युपी ५३ सिटी ७२०२ नम्बरको कार र सुनौलीबाट जाँदै गरेको यूपी ५२ टी ४३७७ नम्बरको ट्रक नेपालको सुनौली रोडदेखि गोरखपुर खण्डको पुरन्दरपुर भन्ने स्थानमा ठोक्किएको हो ।

घटनास्थल सुनौलीबाट झण्डै ४५ किलोमीटरको दुरीमा पर्दछ ।

Related posts

Leave a Comment