साउन ३२ देखि वेपत्ता सिताको अवस्था अहिलेसम्म अज्ञात

सुर्खेत । दैलेखको राउतकोट घर भई हाल वीरेन्द्रनगर-३ सुर्खेत बस्ने सीता थापा २४ दिनदेखि वेपत्ता छिन् । वीरेन्द्रनगर बजार निस्किएकी २१ वर्षे सीता थापा २४ दिन देखी वेपत्ता भएकी हुन ।

साउन ३२ गते दैलेखको राउतकोट घर भई हाल वीरेन्द्रनगर—३ सुर्खेत बस्ने एक महिलाको अवस्था अहिलेसम्म अज्ञात रहेको छ ।

विवाहित छोरी घरबाटै हराएपछि खोजि गरिदिन भन्दै उनका बुवा उनका बुवा कर्णबहादुर थापाले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा निवेदन दिएका छन् ।

सीताको परिवारको निवेदनको आधारमा जिल्ला प्रहरी कार्यालयमा सीता बजार निस्किदा गहना (कानमा जुली, घाटीमा तिलहरी) लगाएर निस्किएको व्यहोरा बुवा कर्णबहादुर थापाले निवेदनमा उल्लेख गरेका छन् ।

प्रहरीले सीतालाई भेटाउने जोकोहीले पनि नजिकको प्रहरी कार्यालय वा मोवाइल नम्बर ९८४८२६८४१९ मा सम्पर्क गरिदिन अनुरोध गरेको छ ।

Related posts

Leave a Comment