किन भड्किन्छ साम्प्रदायिकता, को हुन रोहिंग्या मुसलमान ?

हालैका दिनमा बर्मामा भड्किएको जातिय एवं धार्मिक साम्प्रदायिकताको कारण समग्र विश्वको ध्यानाकर्षण भएको छ। बर्मामा विशेष गरेर गत जुनमा भएको साम्प्रदायिक हिंसामा परि अत्याधिक प्रभावित भएका रोहिंग्या मुसलमानहरुको विषयलाई लिएर ईश्लाम देशहरुमा बढी चिन्ता र चासोको रुपमा हेर्न थालिएको छ। साथै हिंसापिडित रोहिंग्या मुसलमानहरुको सहयोगार्थ ईस्लामी सहकारी संगठन, टर्की, साऊदी राजा किंग अव्दुल्लाद्वारा करोडौं डलरको सहयोगको घोषणा पनि गरिसकेका छन।

बहुसंख्यक बौद्ध समुदाय र अल्पसंख्यक रोहिंग्या मुसलमान समुदायबिच गत जूनमा भएको साम्प्रदायिक हिंसाको कारण ७७ जना अल्पसंख्यक रोहिंग्या समुदायको मृत्यू भएको थियो भने ८०,००० भन्दा बढि नागरिक विस्थापित भएका थिए। हिंसामा मारिनेमध्ये अधिंकांश रोहिंग्या समुदायहरुसंग आफ्नै देशको नागरिकता पनि नरहेको नयाँ तथ्य बाहिर आएको थियो। जसका कारण उनीहरु म्यानमार छोडेर भाग्न बाध्य हुनुपरेको थियो।

को हुन रोहिंग्या मुसलमान ?

संयुक्त राष्ट्रसंघका अनुसार रोहिंग्या जाती पश्चिमी बर्मामा स्थायी बासस्थान भएका एक मुश्लीम धार्मिक समुदाय हुन, जो विश्वमा सवैभन्दा ज्यादा आक्रमण र हिंसामा परिरहने अल्पसंख्यक समुदाय मध्येका एक हुन। तर, बर्माको सरकार र ईतिहासकारबिच यि समुदायको ईतिहासको विषयलाई लिएर भने मतभेद तिव्र छ। ईतिहासका जानकारहरु यि समुदाय बर्माकै प्राचिन अल्पसंख्यक धार्मिक समुदाय रहिआएको बताऊँदछन भने बर्माको सरकार यि समुदाय बर्माका रैथाने नभई अन्य कुनै देशवाट भागेर शरण लिन आएको तर्क गर्दछ। बर्मा सरकारको तर्क मान्ने हो भने अल्पसंख्यक रोहिंग्या समुदाय भारतिय उपमहाद्धिपबाट भागेर आएका थिए, त्यसैले यिनिहरु प्रवासी मुसलमान हुन, यसकारण नै बर्माका अल्पसंख्यक रोहिंग्या मुसलमानले बर्माको नागरिकता प्राप्त गर्न नसकेका हुन।

बर्माका बहुसंख्यक रखैन समुदाय रोहिंग्या मुसलमानलाई बहिष्कार गर्दै आएका छन। यतिमात्र नभएर बर्माका राष्ट्रपति थीन सिनले पनि यि दुई समुदायमा जारी तिक्तता र आक्रोषपूर्ण ब्यवहारको समाधान भनेको या त रोहिंग्या मुसलमानलाई शरणार्थीको रुपमा स्थापित गर्नुपर्यो, या त देशबाटै निकाल्नुको अर्को बिकल्प नभएको कुरा बताईसकेका छन।

कसरी भड्कियो हिंसा ?

बौद्ध धर्म मान्दै आएका रखैन समुदाय र अल्पसंख्यक रोहिंग्या मुसलमान समुदायविच लामो समय तिक्ततापूर्ण सम्बन्ध रहिआएको छ। बर्मास्थित अधिकांश मुसलमानहरु आफूलाई बंगलादेशबाट आएका रोहिंग्या समुदाय ठान्दछन। तर, विडम्वना के छ भने बर्माको साम्प्रदायिक हिंसामा परेका रोहिंग्या मुसलमानलाई बंगलादेशले शरण दिन मानिरहेको छैन। हजारौंको संख्याका शरणार्थीलाई बंगलादेशले पाल्न नसक्ने भन्दै सामुद्रीक सिमाक्षेत्रबाट नै बंगलादेशले ति हिंसापिडित रोहिंग्या मुसलमानलाई फिर्ता गरिदिने गरेको छ।

गत मे महिनामा कथित रोहिंग्या मुसलमानद्वारा एक बौद्ध महिलालाई बलात्कारपछि हत्या गरेको सनसनीपूर्ण घटनापछि नै यि दूई समुदायका विचमा पुनस् हिंसा भड्किएको हो। जसलाई साम्य पार्न भन्दै बर्माको सरकारले उक्त क्षेत्रमा संकटकालको घोषणा पनि गरेको थियो।

साम्प्रदायिक हिंसा निराकरणका उपाय

सांप्रदायिक हिंसा यौटा यस्तो क्रूर हिंसा हो जुन हिंसा कुनैपनि जात, धर्म, समुदाय, भूगोलविशेषको बिचमा हुने गर्दछ। जसको नतिजा अत्यन्तै दुःखदायी र पिडादायी हुनेगर्दछ। यस्ताप्रकारका हिंसाले महिला, बालबालिका, बृद्ध, अपांग, असहाय, दुखी, गरिव, गर्भवती जस्ता कसैलाई पनि देख्दैन। जसले जति सक्यो सिद्धाऊने या विस्थापित गर्ने रणनितिअन्तर्गत भड्किने यस्ता हिंसामा विशेष गरेर महिलाहरु अत्यन्तै क्रूरतापूर्वक शिकार बनेका हुन्छन। त्यस्तै बालबालिका, बृद्धवृद्धा, असक्तलगायत सवै कमजोर पक्षहरु शक्तिशाली पक्षहरुद्वारा अत्यन्त निर्ममपूर्वक शिकार बनिराखेका हुन्छन। यहाँसम्म कि गाईवस्तु, घरगोठ , खेतीवाली, नगद तथा जिन्सी सामान सवैमाथी उस्तै रुपमा आक्रमण भैराखेको हुन्छ। जसको परिणाम ठूलो मात्रामा हताहती वा बिस्थापित हुनु हुन्छ।

समाजमा साम्प्रदायिकता भड्किनुको मूख्य कारणको रुपमा आर्थिक पाटोलाई लिन सकिन्छ। विश्वमा जे जति ठूलासाना कामहरु हुन्छन, ति सवै कामहरु आखिर पेटको लागी नै हुनेगर्दछ।

सन् १९१९ मा भारतको उत्तरप्रदेशस्थित जलियांवाला बाग हत्याकाण्ड पछि बेलायती सरकारले भारतमा साम्प्रदायिक हिंसाको बहुत प्रचार गरेको थियो। जसको परिणामस्वरुप सन् १९२४ मा तत्कालिन भारतको कोहाट जिल्ला ९हाल पाकिस्तानको खैबर—पख्तूनख्वा प्रान्तस्थित एक जिल्लाको रुपमा रहेको छ० मा हिन्दु र मुश्लीम समुदायको विचमा वर्वर हिंसा भएको थियो। जसका कारण हजारौं मानिश मारिएका थिए भने लाखौंको संख्यामा मानिशहरु बिस्थापित हुन पुगेका थिए। उक्त हिंसापश्चात राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमै साम्प्रदायिक हिंसाका बारेमा लामै बहस पनि चलेको थियो। साम्प्रदायिक हिंसा अन्त्यका लागी अनेकन उपायहरु पनि अपनाईयो। यहाँसम्म कि तत्कालिन भारतिय कांग्रेसका कतिपय नेताहरुले हिन्दु र मुसलमान समुदायका विच सल्केको आगोलाई साम्य पार्न दुवै पक्षका नेतृत्वतहविच मध्यस्थता गर्दै उक्त हिंसा साम्य पार्न ठुलै दवाव एवं सुझावहरु दिएका पनि थिए। तत्पश्चात धार्मिक असहिष्णुता केहि मत्थर भएतापनि भारतमा अझैपनि छिटपुट रुपमा जातिय एवं धार्मिक हिंसा जारी नै छन। भारतमा अझैपनि एक धर्मको अनुयायी अर्को धर्मको अनुयायीलाई शत्रुसरह सम्झिने जत्था धेरै छन। विशेष गरेर हिन्दु र मुसलमान समुहका कतिपय धार्मिक अतिवादले समग्र भारतलाई नै नराम्रोसंग गाँजेको छ। जसको पछिल्लो उदाहरणस्वरुप उत्तरप्रदेशको बाँबरी मस्जिद काण्ड, गोधरा कांड, पंजावमा शिख धर्मावलम्बीमाथीको आक्रमण अयोध्यामा राममन्दिर काण्ड र गुजरातमा भड्किएको साम्प्रदायिक दंगालाई लिने गरिन्छ।

साम्प्रदायिक हिंसाको अन्त्यको लागी सवैभन्दा ठूलो समस्याका रुपमा रहिआएको गरिवी, पछौटेपन एवं मानिशको प्रतिशोधको भावनालाई साम्य पार्नुपर्ने हुन्छ। विशेष गरेर साम्प्रदायिक हिंसामा कतिपय नेतृत्ववर्ग, आम संचारक्षेत्र पनि संगै मुछिएका हुन्छन। यस्तोमा यि दूई वर्गले समाजको संवेदनशिलतालाई हदैसम्म विश्लेषण गरेर मात्र बोल्नु र लेख्नु ऊपर्युक्त हुन्छ। त्यस्तै धार्मिक एवं जातियताको नेतृत्व गर्ने नेतृत्वतहले पनि सम्भावित समस्यालाई बुझेर मात्र बाँकी कदम चाल्नु उपर्युक्त हुन्छ। क्षणिक लाभको लागी समाजलाई नै तहसनहस बनाऊने कार्यपट्टि कोहि कसै लाग्नुहुंदैन। विश्वमा जेजति पनि कामहरु भएका छन, ति सवै पेट भर्नकै लागी भएका छन। त्यसैको अनुरुप नै आज विश्वमा जतिपनि संघर्ष या हिंसा भएका छन ति सवै संघर्ष अनि हिंसा अन्त्यमा गएर आफ्नो पेटको रक्षाकै लागी भएका छन किनकी भोक र दुखदेखी आजित भएर नै मान्छेले सवै आदर्श र सिद्धान्तलाई लत्याऊँदै आएको छ। जसको परिणाम सदैव नकारात्मक एवं भयावह हुनेगरेको छ।

मान्छेलाई एकआपसमा लड्न या विद्वेष फैलाऊनवाट रोक्नको लागी सवैभन्दा पहिला वर्गिय चेतनालाई फैलाऊनुपर्दछ। गरिव तथा कृषिमा आस्रित मेहनती किसानलाई उनीहरुको मूख्य दुस्मन पूँजीपती हो र यस्तो पूँजीपती ब्यवस्थाले गरिव तथा कृषक समुदायमाथी लाद्ने अनेकन हतकण्डादेखी सवैभन्दा पहिला यिनै तल्लो तहका वर्गलाई बंचाऊन र बाँच्नतिर प्रेरित गर्नु राज्यको पहिलो दायित्व हुनजानेछ। साथै संसारका कुनैपनि जाती, रंग, धर्म या राष्ट्र जुनसुकैका भएतापनि हामी सवैले यो बुझ्नु जरुरी छ कि सवैको हक र अधिकार यौटै हो। कानुनले कसैमाथी पनि पक्षपात गरेको हुंदैन र गर्नुपनि हुंदैन। हो, यहिं हक र अधिकार प्राप्तीको लागी अन्यायमा परेका सवै वर्ग र समुदाय आपसमा मिलेर नै अधिकारप्राप्तिको लडाँईमा एकसाथ भिड्नुपर्दछ, न कि एकआपसमा भिडेर। हामी एकआपसमै भिड्न थाल्यौं भने त हामी झनै कमजोर हुन्छौं र अधिकार प्राप्तीको लडाईं कहिल्ल्यै लड्नपनि सक्तैनौं। तसर्थ समाजका जुनसुकै वर्ग, रंग, धर्म, जात वा भूगोल आदी जे जस्तो अवस्थामा छौं अन्यायमा परेको खण्डमा फुटेर होईन जुटेर राज्यसत्ता र पूँजीपतिविरुद्ध लड्ने गरौं। यसैमा सवैको भलाई हुनेछ।

नेपालमा पनि माओवादीले उचालेको जातिय एवं क्षेत्रीय राजनीतिले एक समय समाजलाई खुवै नराम्रोसंग खलवल्याएको थियो, जसको नतिजा आजपनि जातिय एवं क्षेत्रीय रुपमा समाजलाई बिभाजन गरिएको छ। पहाडे राष्ट्रवाद र मधेसी राष्ट्रवाद, अनि जनजाती, आदिवासी र खसआर्यको नाममा अझैपनि मुलुकमा वेलाबखत छुटपुट हिंसाहरु नभएका होईनन। टिकापुर काण्डलाई यसै उग्र राष्ट्रवादको फ्रेमद्वारा हेर्ने गरिएको छ। त्यस्तै जातिय विद्वेशको मारमा स्वयं पंक्तिकार पनि पर्नुपरेको तितो यथार्थ छ। रुपन्देहिको शंकरनगरमा आङ्गकाजी शेर्पाहरुको समुहले गरेको बन्दको बेला साईकिलमा कतै जाँदावखत ‘साले चुच्चे बाहुन’ भन्दै खुवै नराम्रोसंग ति हुलहरुद्वारा नराम्रोसंग कुटिनुपरेको थियो। हालका दिनहरुमा भने जातियताको राजनिती अलिकति मत्थर भएतापनि क्षेत्रीय राजनितिले भने मुलुकलाई नराम्रोसंग गाँजेको छ।

यौटै देशभित्र दूईवटा उग्र राष्ट्रवादले पश्रय पाईराखेको अवस्थामा अव तिनै नेतृत्वले नै यस्तो अवस्थाको निराकरण खोजी मुलुकलाई निकाश एवं बिकाशको मार्गतिर डोर्याऊनुपर्दछ। हामीले बुझिसक्यौं कि जातियता र क्षेत्रीयताको संकिर्ण नाराले आखिर जोड्ने रहेनछ, तोड्ने मात्र रहेछ। तसर्थ विशेष गरेर माओवादीका नेतृत्वतहले जतिसक्दो छिटो विगतमा आफूले विजारोपण गरेका गलत मुद्धाहरु आखिरकार देश, समाज र नागरिकका लागी अवाफसिद्ध भए भनेर बुझ्ने चेष्टा गरेर आत्मालोचना गर्नेछ्न, त्यत्ति नै छिटो खलवलिएको नेपाली समाजले पुनस् पुरानै लयमा फर्किन थाल्नेछन।

क्षणिक स्वार्थको लागी समाजलाई विभाजन गरेर आफ्नो दुनो सोझ्याऊने नेतृत्व सदैव देश र जनताको लागी खतरनाक हुन, चेतना भया……

Related posts

Leave a Comment