पोर्चुगलमा पर्वतका एक युवाको छुरा प्रहरी गरि हत्या

रमेशराज बास्तोला, पोर्चुगल | पोर्चुगलमा एक नेपालीकाे छुरा प्रहार गरि हत्या गरिएको छ । राजधानी लिस्वाेनमा मंगलबार राती पर्वत जिल्लाको मल्लाज घर भएका युवाको छुरा प्रहारबाट हत्या भएपनि उनकाे नाम भने अहिले सम्म सार्वजनिक गरिएकाे छैन् ।

उनलाई धादिङ घर भएकाे भनिएका नेपालीले नै हत्या गरेको प्रारम्भिक अनुसन्धाबाट खुलेको छ । छुरा प्रहारबाट अर्का एक नेपाली पनि गम्भिर घाइते भएका छन् ।

राजधानी लिस्वाेनको क्याम्पे पिकान्तेस्थित सडकमा उनीमाथी छुरा प्रहार भएकाे थियाे ।

सडकमा छुरा प्रहार गरि हत्या गरेको पोर्चुगल प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले समाचार सार्वजनिक गरेका छन्। मृतक चाइनिजको रेष्टुरेष्टमा काम गर्दै आएका थिए । उनि दुई अघि मात्रै छुरा प्रहार गर्ने व्यक्तिसँग विवाद हुँदा कामबाट निकालिएका थिए ।

गम्भिर घाइते मृतकका अाफ्नै भार्इ भएकाे स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । घाइतेकाे सान्तामारा हस्पिटलमा उपचार भइरहेको छ।

Related posts

Leave a Comment