ओम अस्पतालको घटना छानविन गर्न समिति गठन

काठमाडौं । ओम अस्पतालमा विरामीको मृत्यु भएको घटनाको छानविन गर्न स्वास्थ्य मन्त्रालयले समिति गठन गरेको छ ।

प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठ संयोजक रहने समितिमा सदस्यहरु डा. विकास देवकोटा, डा. ढुन्डी पौडेल र नर्स अमृता पहाडी छन् । समितिको सदस्यसचिव भने स्वास्थ्य मन्त्रालयका एक जना उपसचिव छन् ।

बुटवल निवासी ४० वर्षीया कमला भट्टराईको नाकको अपरेशन गरेको करिब २४ घण्टाभित्र बुधबार मृत्यु भएको छ ।

भट्टराईको मृत्यु पछि उनका आफन्तहरुले अस्पतालमा प्रदर्शन गरेका छन् ।

Related posts

Leave a Comment