भरतपुरकी मेयर रेणुले के गरिन ४० दिनमा ?

भरतपुर ।

चितवनका भरतपुर महानगरको मेयरमा विजयी भएको एक महिना १० दिन बढी भैसकेको छ । विभिन्न विवादले महिनौसम्म मतपरिणाम सार्वजनिक हुन नसकेको महानगरले असार तेस्रो साता मात्रै मेयर पाएको थियो, रेणु दाहाललाई ।

पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्री र भरतपुरमा प्रमुख शक्ति नेपाली काँग्रेस र माओवादी केन्द्र मिलेर चुनावमा लडेका कारण पनि चर्चामा रह्यो । यति मात्रै होईन पहिलो चरणमो बैसाख ३१ मा चुनाव भएर पनि मतगणनाको समयमा मतपत्र च्यातिँदा २ महिनासम्म नतिजा अनिश्चित बन्यो अन्ततः असार २१ गते मेयरमा निर्वाचित भएसँगै रेणुले पदभार ग्रहण गरिन् ।

४० दिनमा के भयो ?

पदभार ग्रहण गरे लगत्तै मेयर रेणु दाहालले पहिलो निर्णय भरतपुर अस्पतालमा सेवा लिन आउने महिला र जेष्ठ नागरिक हरूलाइ ओपिडी टिकट निःशुल्क गर्ने निर्णय गरिन् ।

पदभार ग्रहण गरेको साता दिन नवित्दै तराईका विभिन्न क्षेत्रमा अविरल वर्षाले धेरै ठाउँ डुबानमा परे भरतपुर महानगरका पनि १३,२२,२७ र २८ वडाहरू डुबानमा परे । त्यस लगत्तै जिल्ला बिपद ब्यावस्थापन समितिको बैठक मेयर दाहालको अध्यक्षतामा साउन २९ गते बसी बैठकले तत्काल बाढी पिडीतहरूको उद्दार राहात ब्यावस्थापनमा लाग्न सम्बन्धित निकायलाइ निर्देशन मेयर दाहालले दिइन । त्यसै क्रममा डुबानमा परि जोखिममा परेका ३ सय भन्दा बढी बिद्यार्थीहरूलाइ हेलिकप्टर द्वारा उद्दार मेयरकै निर्देशनमा सम्भव भयो ।

यसैबीच भदौ ४गते महानगरको बोर्ड बैठक सम्पन्न भयो बैठकले बाढी पीडितहरूलाई राहात र क्षतिपूर्ती दिनका लागि प्रकृया अगाडी बढाउने निर्णय गर्यो ।बाढी तथा डुबान भएका बाटो तथा पुलहरू सूचारू गर्न वडा कार्यालयहरूलाई निर्देशन तथा बजेटको ब्यावस्था समेत गर्यो ।

बैठकले भरतपुर केन्द्रीय बस टर्मिनल र पोखरा बसपार्क लाई फ्रि वाइफाइको ब्यावस्था गर्ने निर्णय गर्यो जुन कार्यन्वयनको प्रकृयामा रहेको छ । बजार क्षेत्रमा रहेका अनियन्त्रित पशूचौपायहरूलाइ ब्यावस्थित गर्ने निर्णय गरिन् ।

मेयर दाहालले अब्यवस्थित र बजार लाइनै कुरूप बनाएको पार्किङलाई ब्यावस्थित गर्न नारायणगढ शहिदचोक लायन्सचोक चौबिसकोठी र भरतपुर गेस्ट हाउस चौरलाइ तोक्दै पार्किङ ब्यावस्थापन गर्ने निर्णय असोज १ गते देखि लागु हुने प्रकृयामा रहेको बताईन् ।

अव भरतपुर नारायणगढ क्षेत्रमा पार्किङं ब्यावस्थित हुनेछन । राजमार्ग र बजार क्षेत्रमा तीन पांग्रे सवारी साधन जोर बिजोरका आधारमा संचालन हुनेछन ।

यो बर्ष भरतपुर महानगरपालिकाले एकिकृत बिकासका लागि २ अर्ब रूपैयाँ प्राप्त गरेको छ ।यसै क्रममा भाद्र २३ गते एकिकृत शहरी बिकास सम्बन्धि अन्तरकृया संपन्न भएको छ माओबादी केन्द्रका अध्यक्ष तथा पूर्ब प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डको विशेष सक्रियतामा उक्त योजना पर्न सफल भएको हो । अन्तरकृया कार्यक्रममा शहरी बिकास मन्त्री प्रभू शाह, भवन बिभागका निर्देशन माननिय संसदहरूको सहभागिता रहेको थियो ।

मेयर दाहालले कार्यभार सम्हालेको ४० दिन महानगर वासीहरूका समस्याहरू सुन्ने र तत्काल संबोधन गर्न सकिने समस्याहरूलाई सम्बोधन गर्ने गरेको बताउनुभयो ।

यस बिचमा फलफूल तरकारी बजारको ब्यावस्थापन बिज्ञापन कर निर्धारणका साथै महानगरपालिका क्षेत्र भित्र रहेका सार्बजनिक जमिनहरूको खोजबिन गरी महानगर माताहत ल्याउने निर्णय गरेको छ भने नेपाल ट्रस्टको मातहतमा रहेको दियालो बंगला क्षेत्रका जमिनहरू महानगरपालिका माताहत ल्याई बहुआयामिक क्षेत्रको रूपमा बिकास गर्ने निर्णयहरू भएका छन् ।

स्थानीय तहको निर्वाचनका समयमा रेणु दाहालले गरेका प्रतिवद्धताहरु यस्ता छन् ।

Related posts

Leave a Comment