चिया पिउने बानी छ ? सावधान ! दिनमा ३ कपभन्दा बढी नपिउनुहोस्

अत्यारा लाग्दा, प्यास लाग्दा, अनि साथीभाई सँग गफगाफमा सामेल हुन अहिले चिया अतिआवश्यक नै छ । अझै धेरैलाई त चिया नजिकको साथी नै बनेको छ ।

नेपाली समाजमा चिया खाने बानी एक खालको फेसन नै बनेको छ । दिनको सुरुवात नै चियाबाट हुन्छ । तर, अत्यधिक चिया खाने मानिसलाई विभिन्न खालका समस्याले घेर्ने हालै गरिएको एक अध्ययनले जनाएको छ ।

तपाईं दिनमा कति कप चिया पिउनुहुन्छ ? यदि तीन कपभन्दा बढी चिया पिउने बानी छ भने आजैदेखि त्याग्नुहोस् । अध्ययनअनुसार दिनमा तीन कपभन्दा बढी चिया पिउने मानिसलाई विभिन्न समस्याले सताउने गरेको भेटिएको छ । डाइटिसियन डा. अलका दुवेका अनुसार चियामा कैफिन हुन्छ । यसबाहेक चियामा न्युटिएन्ट्स पनि पाइन्छ । जसले गर्दा स्वास्थ्यमा समस्या देखिन सक्छ । यसकारण चिया पिउने मानिसले अब यसको मात्रा कम गरे राम्रो हुन्छ । चिया बढी पिउनेलाई हुने समस्याबारे डा। दुवेका १० विचार यस्ता छन्ः

चिया बढी खानेबानी भए…..

चिया बढी पिउनेमा छटपटी बढी हुन्छ ।

इनडाइजेसन हुन सक्छ, पेटमा समस्या बढ्न सक्छ ।

हड्डी कमजोर बनाउन सक्छ ।

चियाको मात्रा बढी भएसँगै निद्रा गढबढी हुन सक्छ । निद्रा नलाग्ने समस्या बढ्न सक्छ ।

चिया नपिउँदासम्म टाउको दुख्ने, थकाइ लाग्ने तथा अल्छी लाग्ने समस्या बढ्छ । यो आफैँमा एक खालको समस्या हो ।

क्यान्सर हुन सक्छ ।

किड्नीमा समस्या बढ्न सक्छ ।

चिया बढी खाएसँगै सोडियम, पोटासियम हराउँदै जाने मात्रै होइन, शरीर निकै कमजोर बन्दै जान्छ ।

चिया खाने मानिसको शरीरबाट बढी पानी बाहिर निस्कन्छ । यसले गर्दा डिहाइडे«सनको समस्या बढ्न सक्छ ।

छालामा विभिन्न समस्या देखा पर्छ । नयाँ पत्रिका

Related posts

Leave a Comment