नदीमा खसेर नेपाली बेपता

जाजरकोट । बारेकोट गाउँपालिका वडा नं ८ का ४८ वर्षीय पठाने नेपाली नलगाड नदीमा खसेर बेपता भएका छन् ।

बुधबार बेलुकी ८ बजे नेकपा (एमाले)को बारेकोट गाउँपालिकाको भेलाबाट फर्कंने क्रममा सेपुखोलास्थित नलगाड नदी काठको पुलबाट तर्ने क्रममा खसेर बेपता भएका हुन् ।

बेपता नेपालीको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

Related posts

Leave a Comment