५ वर्षिय छोरीलाई ‘ब्लड क्यान्सर’बाट बचाउन बुबा उद्धवको अपील

केदार शर्मा, रत्ननगर ।

५ वर्षकी छोरी निकितालाई ब्लड क्यान्सर भएपछि पुर्बी चितवनको राप्ती नगरपालिका –१ का उद्धब तिवारीलाई समस्या भएको छ । कमजोर आर्थिक अबस्था भएका उद्धबलाई आँफ्नो ५ बर्षको छोरी बिरामी भए पछि छोरी बचाउन सबैमा अपिल गरेका छन । चितवनको राप्ती नगरपालिका –१ पिप्लेकी ५ बर्षीय निकिता तिवारीलाई ‘ब्लड क्यान्सर’ भएपछि अहिले उपचार गर्न थालिएको छ ।

निकिताको उपचार चितवनमा संभब नभएपछि सहयोगी हातहरुकै आर्थिक सहयोगबाट २ महिना अगाडी काठमाण्डौं स्थित कान्ति बाल अस्पतालमा भर्ना गरिएको छ । ‘छोरीको उपचार गर्न नियमित चेक अप सहित लगातार २ बर्ष सम्म अस्पतालमा लैजान पर्ने र डाक्टरमा अनुसार उपचार गर्न १२ लाख लाग्ने कुरो छ । म सामन्य परिवारको ब्यत्ति आँफु सँग भएको जाए ज्यथा बेचेर उपचार गरौ भने पनि पैसा अपुग हुन्छ,’ बुबा उद्धब तिवारीले भने,‘मृत्युसँग लडिरहेकी छोरी बचाउन पाए हुन्थ्यो ।’

निकिता राप्ती २ को आइरिस इङ्गलिश अकाडमीमा कक्षा के. जी.मा अध्ययनरत छिन उनलाई गत साउनमा ‘ब्लड क्यान्सर’ भएको पत्ता लागेको थियो । उनको उपचारका लागि आइरिस इङ्गलिश अकाडमीमा अध्यापन गराई रहेका शिक्षकहरुले बाल दिबसको अबसर पारेर बिहिबार ७१ हजार ५ सय ७३ रुपैया को चेक निकिताको बुबा उद्धवलाइ हस्तान्त्रण गरेको बिद्यायलयका प्रिनसिपल गणेश प्रसाद सिल्वालले जानकारी दिए ।

आइरिस इङ्गलिश अकाडमीमा कक्षा के. जी.मा अध्ययनरत निकितालाई बचाँउनको लागी शिक्षक, कर्मचारीहरू,विद्यार्थी, अभिभावक व्यवस्थापन समिती, शिक्षक अभिभावक संघ,आइरिस कृयटिभ क्लव, जुनियर रेडक्रस सक्रल,दर्शन एकेडमी भण्डारा लगाएतले सहयोग गरेको प्रिनसिपल सिल्वालले जानकारी दिए । बिद्यायलयका प्रिनसिपल सिल्वालले पेन्टिङको काम गरेर आँफ्नो परिवारको गुजारा गरेका तिवारी परिवारको आर्थीक अबस्था नाजुक भएकोले निश्वार्थ मनले सहयोग गरी बालिकाको ज्यान बचाँउन आग्रह समेत गरेका छन । पीडित बुबा उद्धवले सहयोग गर्ने सहयोगी हातहरुलाई प्रभु बैंकको खाता नम्बर १०४०१०००६१८०२९०००००१ मा रकम जम्मा गरिदिन तथा बुबा उद्धबको मोबाईल नम्बर ९८४५४४९६६८ मा समर्पक गरि सहयोग गर्न अपिल गरेका छन् ।

Related posts

Leave a Comment