मालपोत कार्यालयका प्रमुखलाई अज्ञात समूहले कालोमोसो दल्यो

नवलपरासी | मालपोत कार्यालय कावासोतीका प्रमुखलाई बिहिबार अज्ञात समूहले कालोमोसो दलेको छ । भ्रष्टाचारी भन्दै कार्यालय समयमा कार्यालयमै तीन जनाको समूहमा आएका व्यक्तिहरुले कालोमोसो दलेका छन् ।

कालोमोसो दल्ने युवाहरु फरार रहेपनि उक्त स्थानमा जनसत्ता नवलपरासी लेखीएको पर्चा भेटिएको छ ।

पर्चामा लेखिएको छ, ‘मालपोत कार्यालयमा खलेआम भ्रष्टाचार बढेको, तीस लाख भन्दा बढी थैलि घटाएर पुजिगत लाभकर नलाग्ने गराएर जग्गा दलालीबाट लाखौ रुपैयाँ रकम लिने गरेको उल्लेख गरिएको छ ।’

उनिहरुको खोजिकार्य तिब्र पारिएको ईलाका प्रहरी कार्यालयका डिएसपी नविनराज राईले बताउनुभयो ।

Related posts

Leave a Comment