कांग्रेस उम्मेदवारको गाडीमा पेट्रोल बम प्रहार

लहान ।

सिरहामा काँग्रेसका उम्मेदवारको गाडीमा पेट्रोल बम प्रहार गरिएको छ । जिल्लाको गोलबजारमा गोलबजार नगरपालिका वडा नं. ७ का वडाध्यक्षका उम्मेदवार हरिनारायणसिह महतोको गाडीमा अज्ञात समूहले विहीबार बेलुका पेट्रोल बम प्रहार गरेको हो ।

महतोको बीआरआईएएफ १६०५ नम्बरको स्कारपियो गाडीमा पेट्रोल बम प्रहार भएको प्रहरीले जनाएको छ ।

असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनको क्रममा प्रचारप्रसार गरी बेलुका कांग्रेस कार्यकर्ता प्रमोद सिंहको घरमा पार्किङ गरी राखिएको अवस्थामा गाडीमा पेट्रोल बम प्रहार भएको हो । बम प्रहारबाट मानवीय क्षति नभएपनि गाडीको गाडीको भाग जलेको छ ।

दुई जनाको समूहमा मोटरसाइकलमा आएका ब्यक्तिले पेट्रोल बम प्रहार गरी भागेको स्थानीयले बताए । बम कसले प्रहार गरेको खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले बताए ।

Related posts

Leave a Comment