४९ करोड ५५ लाख विनियोजित, शिक्षा र सरसाफाईमा केन्द्रित

मनिष गुप्ता, कपिलबस्तु।

जिल्लाको कृष्णनगर नगरपालिकामा २०७४/०७५ को आर्थिक बजेट नगर सभा गरि सर्वजनिक गरिएको छ ।

आर्थिक ०७४र७५ मा नगरपालिकाले कुल ४९करोड ५५ लाख ४९ हजार बराबरको बजेट विनियोन गरेको जानकारी कार्यकारी अधिकृत गणेश प्रसाद अर्यालले दिएका छन ।यस आर्थिक बर्षमा वित्तिय अनुदान २९ करोड ८१ लाख , सशर्त अनुदान ८ करोड ८० लाख ,समाजिक सुरक्षा तर्फ ६ करोड , आन्तरिक आय १ करोड ७७ लाख तथा गत बर्षको अ.ल्या. ३ करोड १७ लाख गरि कुल ४९ करोड ५५ लाखको आम्दनी बांधिएको छ ।

त्यसैगरि चालु आर्थिक बर्षमा कार्यालय संचालनका लागि ६ करोड ९५ लाख, बिषयगत क्षेत्रमा ८ करोड ७९ लाख तथा वडा एवं नगरस्तरिय योजनामा कुल २० करोड ३४ लाख बजेट विनियोजन गरिएको छ । बाटो ,पुल मर्मत तथा निमार्णमा बढी बजेट खर्चिने भएको छ साथै नगरको सरसफाई प्रति विशेष ध्यान दिइएको नगर प्रमुख रजत प्रताप शाहले बताए । उनले भने नगरभित्रका विद्यालयहरुको शिक्षा स्तर सुधार्न अनुगमन समिति बनाइने छ, शिवराज अस्पतालमा ट्रामा सेन्टरको लागि आवश्यक पहल गरिनुका साथै फोहोर व्यावस्थापनमा पनि उचित कदम उठाईने छ ।

 

Related posts

Leave a Comment