ढुंगाले च्यापेर एकको मृत्यु, एक घाईते

दार्चुला ।

दार्चुलामा ढुंगा लागेर एक जनाको मृत्यु भएको छ एक जना गम्भिर घाईते भएका छन् । जिल्लाको मालिकार्जुन गाविस वडा नं. ३ मलबावकी लक्ष्मी धामीको खोलामा पानी भर्न गएको बेला माथिबाट खसेको ढुंगाले लागेर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीस्का अनुसार उनीसँगै रहेका १८ वर्षीया नन्द दीपा धामी गम्भीर घाइते भएकी छिन् ।

पानी भर्न गएका नन्द भाउजुलाई माथिबाट खसेको ढुङ्गाले च्यापेको हो । गम्भीर घाइते दीपाको उपचारका लागि मेडिकल कलेज कोहलपुर लगिएको छ ।

 

Related posts

Leave a Comment