आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई बलात्कार गर्न खोज्ने शिक्षक पक्राउ

दोलखा ।

दोलखामा आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई बलात्कार गर्न खोज्ने शिक्षक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार जिल्लाको बिगु–८ स्थित कालिन्चोक आधारभुत विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गर्न खोजेको आरोपमा शिक्षक सुन्दर पाण्डेलाई दोलखा प्रहरीले पक्राउ गरेको हो ।

१९ गते विद्यालय समय पश्चात किताब दिने बहानामा कोठामा बोलाई बलात्कार गर्न खोजेको उजुरी जिल्ला प्रहरी कार्यालय दोलखामा परेपछि पक्राउ गरिएको दोलखाका प्रहरी निरीक्षक रमेश प्रधानले जानकारी दिए ।

Related posts

Leave a Comment