साँङ्ला बेचेर करोडपति, मासुभन्दा महंगो साँङ्लाको अचार !

हाम्रो घरमा जताजतै साँङ्लो देखिने गर्दछ त्यही साङ्ला मार्नका लागी अनेकौँ विषदी प्रयोग प्राय सबैले गर्ने गरेका छौँ । तर हामी कसैलाई पनि थाहा छैन्, साँङ्ला मार्नुभन्दा पनि विक्रि गरेर राम्रो आम्दानी गर्न सकिन्छ भनेर ।

सुन्दा अचम्म लाग्ला तर उत्तरी छिमेकी राष्ट्र चीनमा साङलाको बिक्रीबाट मानिसहरु करोडपति भएका छन् । अहिले चीनमा साङ्लाको व्यवसायिक खेती समेत हुन्छ ।

चिनियाँ किसान झुउ होइ व्यवसायिक रुपमा साङ्लोको खेती गर्ने पहिलो चिनियाँ किसान मानिन्छन् । उनी सन् २०१३ देखि साङ्लाको खेतीमा संलग्न छन् । साङ्ला बिक्री गरेर उनले करोडौं कमाइसकेका छन् ।

अहिले उनले गरेको काम अन्य मानिसले पनि गर्न थालेका छन् । साङ्लोको खेती गर्दा धेरै मानिसहरुले उनलाई ‘पागल’ समेत भनेका थिए । तर त्यतिबेला उनलाई ‘पागल’ भन्नेहरु नै अहिले साङ्लोको व्यावसायिक खेतीमा लागेका छन् ।

विभिन्न प्रकारका औषधी उत्पादनमा साङ्लोको प्रयोग हुने गरेको छ । साथै मानिसहरुले साङ्लोबाट बन्ने परिकार पनि विशेष रुचीका साथ खाने गर्छन् । चीनमा साङ्लाको अचार मासुभन्दा पनि महङ्गो मूल्यमा बिक्री हुने गर्छ ।

यस्तै विशेष प्रकारको वाइन बनाउन पनि साङ्लोको प्रयोग हुने गरेको बताइन्छ ।

Related posts

Leave a Comment