नेपालले मंगलबार ताजिकिस्तानको सामना गर्दै

काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले आज ताजिकिस्तानसँग खेल्दै छ ।

मंगलबार उसकै घरेलु मैदानमा नेपाल र काजिकिस्तानबीचको खेल नेपाली समयअनुसार पौने ७ मा सुरु हुनेछ ।

घरेलु मैदानमा गत मंसिर २० गते भएको खेलमा पराजित नेपाल खेलमा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रदैछ । घरेलु मैदानमा नेपाल २—१ पराजित भएको थियो ।

नेपालका कप्तान विराज महर्जनले ताजकिस्तान नेपालकै स्तरको टिम भएको कारण खेल सुधार गर्दै जित निकाल्ने लक्ष्य रहेको बताए ।

समूह एफमा रहेको नेपालको ३ खेलबाट १ खेलमा बराबरी र दुई खेलमा पराजित हुँदै तालिकाको पुछारमा छ । तेस्रो स्थानमा रहेको ताजिकिस्तानको ३ खेलबाट १ खेलमा जित र २ खेलमा हारसहित ३ अंक रहेको छ । समूहको शीर्ष स्थानमा फिलिपिन्स रहेको छ ।

फिलिपिन्सको ३ खेलबाट २ खेलमा जित र एक खेलमा बराबरी खेल्दै ७ अंक बनाएको छ । त्यस्तै, दोस्रो स्थानमा यमन रहेको छ । यमनको ३ खेलबाट एक खेलमा जित र २ खेलमा बराबरी खेल्दै ५ अंक छ ।

नेपालले अब फिलिपिन्ससँग होम खेल खेल्न बाँकी छ भने यमनसँग अवे खेल खेल्न बाँकी छ । समूहको विजेता र उपविजेताले सन् २०१९ मा युएईमा हुने एएफसी एसियन कपमा भाग लिन पाउने छन् ।

Related posts

Leave a Comment