फेरि उड्यो उत्तर कोरियाको आकाशमा अमेरिकी सैन्य विमान

उत्तर कोरियाले दिएको चेतावनी अटेर गर्दै अमेरिकाले उत्तर कोरियाको आकाशमा सैन्य विमान उडाएको छ ।

सैन्य अभ्यासको क्रममा अमेरिकी बी १ बी र एफ १५ नामक विमान उत्तर कोरियाली आकाशमा उडाइएको दक्षिण कोरियाली सञ्चार माध्यमहरूलाई उद्धत गर्दै बीबीसीमा उल्लेख गरिएको छ।

विमान उत्तर कोरियाली आकाशमा उडाउनु अगाडी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोन उनलाई गतिलो जवाफ दिनका लागि सुरक्षा सल्लाहकारको राय लिएको सञ्चार माध्यमहरूले जनाएका छन्।

सैन्य अभ्यासका क्रममा दक्षिण कोरियाली तथा जापानी सैनिक विमानहरू पनि संयुक्त रूपमा सहभागिता देखाएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ।

अमेरिकी सैन्य विमान उत्तर कोरियाली आकाशमा अभ्यासका क्रममा रहेको बारे उत्तर कोरियाले भने कुनै प्रतिक्रिया दिएको छैन।

Related posts

Leave a Comment