नायिका साम्राज्ञी लक्ष्मी शाहलाई बेलायतले भिसा दिएन, किन ?

पछिल्लो समयमा व्यस्त मानिएकी नायिका साम्राज्ञी लक्ष्मी शाहलाई बेलायतले भिसा दिन अस्वीकार गरेको छ । भिसाका लागी आवेदन दिँदा शाहले भिसामा नपाएपछि ठूलो बजेटमा निर्माण भैरहेको फिल्म ईन्टु मिन्टुको लण्डनमा हुने भनिएको छायांकन रोकिएको छ ।

काठमाडौं र लन्डनमा छायांकन हुने यो फिल्ममा साम्राज्ञी मुख्य भूमिकामा छिन् । साम्राज्ञीले नेपालस्थित बेलायती दूतावासमा भिसा आवेदन दिनु अगाडि नै फिल्मको निर्माण घोषणा गरिएको थियो ।

चलचित्र ‘इन्टुमिन्टु लण्डन’को सुटिङको लागी बेलायत पुग्न साम्राज्ञीको भिसा आवेदन अस्वीकृत भएको हो । स्रोत अुनसार साम्राज्ञी सहित बेलायती दूतावासले करिब १० जनाको भिसा रद् गरेको छ । भदौ १६ गते प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर २’ प्रदर्शन हुनु अगावै साम्राज्ञी बेलायत जाने बताएकी थिइन् । सोही कारण उनले चलचित्र प्रदर्शन हुनु भन्दा महिना दिन अघिनै मिडियामा अन्तवार्ताहरु दिएकी थिइन् । तर चलचित्र प्रदर्शन भएको महिनौ दिन बितिसक्दा पनि साम्राज्ञी नेपालमै छिन् ।

बेलायतले भिसा नदिँदा साम्राज्ञीले ए मेरो हजुर २ को प्रमोशनमा राम्रै दौडिने समय पाएकी थिइन् । ‘इन्टु मिन्टु लन्डनमा’को छायांकनका लागि बेलायत जान नपाएपछि अहिले उनी नेपालमा नै छिन् । के कारणले शाहले बेलायतको भिसा पाईनन् भन्ने खुलेको छैन् ।

Related posts

Leave a Comment