गोरखाका दुबै क्षेत्र माओवादीलाई दिन एमाले सहमत, बाबुरामले के गर्लान ?

गोरखाका दुबै निर्वाचन क्षेत्रबाट माओवादीले उम्मेदवार उठाउने भएको छ । एमाले र माओवादी केन्द्रबीच भएको छलफल पछि यस्तो सहमति जुटेको हो ।

गठबन्धनमा रहेका नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले पनि गोरखाबाट दाबी गर्दै आएका छन्, तर माओवादीले भने दुबै क्षेत्रमा आफ्नो दाबी रहेको जनाएको छ ।

भट्टराईले दाबी गरेको गोरखाको दुई नम्बर क्षेत्रबाट माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ उम्मेदवार बन्ने पक्का जस्तै बनेको छ ।

सुर्य चुनाव चिह्न लिएर चुनावमा जाने बताएको नयाँ शक्तिले गोरखामा आफुले सिट नपाए गठबन्धन छोड्ने चेतावनी समेत दिएको छ ।

माओवादीका उम्मेदवार श्रेष्ठले भने गोरखामा कुनै समस्या नरहेको बताएका छन् । गोरखाको बारमा एमाले र माओवादीबीच समझदारी भैरहेकोले नयाँ शक्तिका संयोजक भट्टराईका लागी विकल्प एमाले माओवादी नेतृत्वले खोज्ने उनले बताए

 

Related posts

Leave a Comment