जिल्ला मालपोत कार्यालय बागलुङका मालपोत अधिकृत शर्मा घुस सहित पक्राउ

अख्तियारको टोलीले जिल्ला मालपोत कार्यालय बागलुङका मालपोत अधिकृत विश्वनाथ शर्मालाई घुस सहित पक्राउ गरेको छ ।

शर्मालाई उनकै कार्यकक्षमा १० हजार नगदसहित रंगेहात पक्राउ गरेको अख्तियारले जनाइएको छ ।

घुस मागेको पूर्व सूचनाको आधारमा अख्तियारको टोलीले शर्मालाई रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराका सूचना अधिकारी रमेश ढकालले जानकारी दिएका छन । जग्गा पास गर्ने भनी शर्माले सेवाग्राहीबाट १० हजार रुपैँया मागेका थिए ।

Related posts

Leave a Comment