अध्यक्ष थापा मकवानपुरबाट सर्वसम्मत उम्मेदवार

हेटौँडा | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा मकवानपुर जिल्लाको क्षेत्र नं १ बाट केन्द्रिय प्रतिनिधि सभाको सदस्य पदको उम्मेदवारका लागि सर्वसम्मतले छानिएका छन् ।

राप्रपा मकवानपुरका अध्यक्ष गणेश थापाको अध्यक्षतामा बसेको विशेष बैठकले पार्टीका अध्यक्ष थापालाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपाका केन्द्रीय सहमहामन्त्री राजाराम बर्तौलाले राससलाई जानकारी दिए ।

 

Related posts

Leave a Comment