युएईमा अलपत्र १५ युवाहरुलाई नेपाल फर्काईएको

काठमाडौं । युएईमा अलपत्र परेका १५ जना युवाहरुलाई नेपाल फर्काईएको छ । पर्यटक भिसामा युएई पुगेका उनिहरुलाई युएईस्थित नेपाली दूतावासको समन्वय तथा आइओएम नेपाल र एनआरएनए एनसिसी युएईको सहयोगमा बिहीबार उनीहरुलाई नेपाल फर्काइएको हो ।

अलपत्र परेर फर्कनेहरुमा मकवानपुरका सुनिल राउत, भिमबहादुर बम्जन, नवराज लो, सुन्दर तामाङ्ग, दिपेन्द्र साम्देन र सुकुराम थिङ छन् । त्यस्तै, बाग्लुङका इन्द्रबहादुर थापा र राजु थापा, नवलपरासीका कृष्णबहादुर भुजेल, सल्यानका कमल बुढाथोकी, तनहुँका ज्ञानबहादुर तामाङ, गोरखाका चन्द्रबहादुर गुरूङ, बाँकेका तुलसीप्रसाद शर्मालाई नेपाल फर्काइएको छ ।

सिन्धुपाल्चोकका फुञ्जो तामाङ र काभ्रेपलाञ्चोक नरेश तामाङलाई भने यसअघि नै नेपाल फर्काइएको छ । मकवानपुरका सिमोन बम्जनको पासपोर्ट हराएकाले ‘पुलिस क्लियरेन्स’ पछि मात्रै नेपाल फर्काइने छ ।
खर्च अभावमा खानेबस्ने समस्या भएपछि उनीहरु १० दिन दूतावासको सेल्टरमा बसेका थिए ।

मोटो रकम लिइ ठगेको भनेर पीडितहरुले दिएको उजुरीका आधारमा इश्वरी भण्डारी, केशव थापा, दिनेश लामा मोक्तान, रामेश कांमरलाई कारबाहीका लागि सिफारिस गरिएको दूतावासले जनाएको छ ।

Related posts

Leave a Comment