पौडेल भर्सेज पौडेल, रामचन्द्र पौडेलको आधारभूमी बाम गठबन्धनले कब्जा गर्ला ?

२०५५ सालमा विद्यार्थी संगठनबाट राजनीतिमा लागेकी ओमकुमारी पौडेल अहिले माओवादी केन्द्रबाट तनहुँमा उम्मेदवार सिफरिस भएकी छिन् ।

आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तनहुँबाटै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सिफारिस भएका छन् । पौडेल भर्सेज पौडेलबीचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।

तनहुँ क्षेत्र नम्बर १ बाट प्रदेशसभातर्फ प्रत्यक्षमा कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम सिफारिस गरेको छ भने माओवादीले ओमकुमारी पौडेल र हरिबहादुर चुहानको नाम सिफारिस गरेको छ ।

माओवादी निकट स्रोतका अनुसार टिकट पाउनेमा ओमकुमारीको सम्भावना बलियो देखिएको छ । यदि ओमकुमारीले टिकट पाएको खण्डमा बाबु पुस्ताका रामचन्द्र पौडेल र छोरी पुस्ताकी ओमकुमारीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

रामचन्द्र पौडेल नारेश्वर नगरपालिका वडा नम्बर १३ का हुन् भने ओमकुमारी सोही नगरपालिका वा नम्बर २ की हुन् । एउटै घरानाका पौडेलबीचको चुनावी घम्साघम्सीमा कसले जित पार्छ भन्ने सबैको चासोको विषय बनेको छ ।

Related posts

Leave a Comment