निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनलाई सरकारले सहिद घोषणा गर्यो

काठमाडौं । राजधानीको शान्तिनगरमा अज्ञात समूहले हत्या गरेका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनलाई सरकारले सहिद घोषणा गरेको छ । गृहमन्त्री जनार्दन शर्माका अनुसार शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गौचनलाई सहिद घोषणा गरेको हो ।

निर्माण व्यवसायी तथा गौचनका आफन्तले सहिद घोषणाको माग गर्दै गौचनको शव बुझ्न मानेका थिएनन् । गृहमन्त्रीको प्रतिबद्धतापछि उनको बिहीबार अन्तिम संस्कार भएको थियो ।

Related posts

Leave a Comment