दार्जीलिङ्मा फेरी हिंसा भड्कियो, शुक्रबार सुरक्षाकर्मीसहित २ को मृत्यु

झापा । दार्जीलिङमा फेरी हिंसा भड्किएको छ । अनिश्चितकालिन दार्जीलिङ बन्द खुलेको १६ औं दिनपछि शुक्रबार भएको झडपमा दुई जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान तकभर क्षेत्रमा सुरक्षाकर्मी र गोजमुमोका अध्यक्ष विमल गुरुङ पक्षका आन्दोलनकारीबीच झडप हुँदा एक जना सुरक्षाकर्मीसहित २ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मृत्यु हुनेमा प्रहरी सहायक निरीक्षक अभिताभ मल्लिक रहेका छन् भने मृत्यु हुने अर्का व्यक्ति मोर्चाका कार्यकर्ता भएको र
उनको सनाखत हुन सकेको छैन ।

Related posts

Leave a Comment