शनिबार मध्यरातबाट ५९२ सांसद जिम्मेवारीमुक्त हुँदै, त्यस पछि के हुन्छ ?

काठमाडौं । शनिबार मध्यरातबाट व्यवस्थापिका संसदका ५ सय ९२ सांसद जिम्मेवारीमुक्त हुँदैछन् ।

संसदमा सनिबार सभामुख ओनसरी घर्तीले प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गरेपछि शनिबार अपरान्ह संसदको विशेष विदाई बैठक राखिएको सभामुखका प्रेस सल्लाहकार बबिन शमाले बताएका छन् । बैठकमा सभामुख र शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

शनिबार विशेष बैठक पछी व्यवस्थापिका संसदका सबै सदस्यहरुलाई विधिवत बिदाई गरिनेछ ।

निर्वाचन आयोगले असोज २९ गते समानुपातिकको बन्दसूची पेश गर्ने मिति तोकेकाले २८ गते मध्यरातिदेखि रुपान्तरिक व्यवस्थपिका संसद विघटन हुने संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिए ।

यसअघि कात्तिक ४ गते संसद विघटन हुने भनिएको थियो । तर, संविधानले उम्मेदवारी मनोनयनसँगै संसद भंग हुने भनेकोले समानुपातिक उम्मेदवारी मनोनयनलाई नै आधार बनाइएको सभामुख निकट स्रोतले जनाएको छ ।

संसद विघटनसँगै अहिले व्यवस्थापिका संसदमा रहेका सबै विधेयकहरु सून्यमा जानेछन् । अर्को संसद निर्वाचित भएर आएपछि नयाँ सरकारले पुनः बिधेयक ल्याउनुपर्नेछ ।

२०७० मंसिर ४ गते निर्वाचित भएर आएका सांसदहरु असोज २८ गते मध्यराति १२ बजेबाट भुतपुर्व हुनेछन् । उनीहरुले असोज महिनासम्मको तलब भत्ता पाउनेछन् भने त्यस बाहेक पुरानै प्रचलन अनुसार यातायात खर्च दिएर बिदाई गरिनेछ ।

Related posts

Leave a Comment