प्रदेश प्रमुखलाई मुद्दा नलाग्ने विधेयक बहुमतबाट पारित, अरु सुविधा यस्ता छन्

काठमाडौँ । प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धि विधेयक २०७४ संसदबाट पारित भएको छ । शुक्रबारको संसद बैठकमा प्रचण्ड बहुमतबाट सो विधेयक पारित भएको हो ।

पारित भएको विधेयकमा प्रदेश प्रमुखलाई सरकारी बास, सवारी साधन, पोशाक र जम्बो सचिवालयसहितको आकर्षक सुविधासहितको व्यवस्था गरिएको छ । त्यसैगरी प्रदेश प्रमुखका कुनै पनि गतिविधिबारे अदालतमा प्रश्न गर्न नपाइने व्यवस्था पनि पारित भएको यो विधेयकमा गरिएको छ ।

‘प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४’ संसदबाट पारित भएर ऐनको रूप लिएसँगै प्रदेश प्रमुखले मासिक ६४ हजार पारिश्रमिक, ४० हजार पाहुना सत्कार खर्च र वार्षिक १८ हजार रुपैयाँ पोसाक भत्ता पाउने भएका छन् ।

यो ऐनले सम्बन्धित प्रदेशको राजधानीमा प्रदेश प्रमुखलार्इ सरकारी आवास दिने व्यवस्था गरेको छ । सरकारी आवासगृह नभएको अवस्थामा प्रदेश प्रमुखले मासिक घरभाडा पाउने छन् । घरभाडा कति दिने भन्ने उल्लेख गरिएको छैन । प्रदेश प्रमुखले टेलिफोन, कम्प्युटर, इन्टरनेट र पत्रपत्रिकासहितका सञ्चार सुविधा सरकारबाटै पाउनेछन् । प्रदेश प्रमुखलार्इ वर्षको एक महिनाको पारिश्रमिक बराबर चाडपर्व भत्ता दिइनेछ ।

प्रदेशको प्रमुखका लागि १५ लाख रुपैयाँ बिमा सुविधा पनि दिइएको छ । प्रदेश प्रमुखले स्वेदशमा दैनिक ३ हजार र विदेशमा तीन सय अमेरिकी डलर भ्रमण भत्ता पाउनेछन् ।

Related posts

Leave a Comment